जसपा केन्द्रीय कार्य समितिको बैठक शुरु – Nepal Press

जसपा केन्द्रीय कार्य समितिको बैठक शुरु

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरु भएको छ । काठमाडौंको कालिकास्थानमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको छ ।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।

आजको बैठकमा देशको बर्तमान राजनीतिक परिस्थिति र जसपाको कार्यदिशा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा पाटी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण र प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय र भ्रातृ संगठनहरुको इन्चार्ज र प्रतिनिधिहरुबाट विचार व्यक्त गर्ने कार्यसूची रहेको उपेन्द्र यादवको प्रेस संयोजक महेश चौरासियाले बताए ।

यस्तै भोलिको बैठकमा समसामयिक राजनीतिक परिस्थिति बारे प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने र समसामयिक राजनीतिक प्रस्तावहरू बारे छलफल गर्ने कार्यसूची रहेको छ ।

साथै सरकारमा सहभागिता जनाउने विषयमा पनि छलफल गरिने जनाइएको छ । पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी पनि बैठकमा छलफल गरिनुको साथै कार्यक्रमहरुको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण गर्ने लगायतका आवश्यक कार्य गर्न ७ सदस्यीय सचिवालय गठन गर्ने कार्यतालिका रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर