एमालेबाट केही व्यक्ति बाहिरिन सक्नुहुन्छः प्रदीप ज्ञवाली – Nepal Press

एमालेबाट केही व्यक्ति बाहिरिन सक्नुहुन्छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएमा एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने बताएका छन् । एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट अध्यादेशको विरोध गर्ने उनको भनाइ छ ।

पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको बताए । यसो गर्नु संसदीय प्रणालीको विरुद्ध भएको भन्दै उनले आफ्नो पार्टीभित्रका केही पदलोलुप व्यक्तिहरुको प्रभावमा सरकारले सो निर्णय लिएको उल्लेख गरे ।

पत्रकारले उनलाई सोिधेका थिए, ‘हिजो केपी ओलीले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभएकै हो । आज देउवा पनि ओलीकै बाटोमा हिँड्दा तपाईंहरुले खुशी मनाउनुपर्ने होइन ?’

ज्ञवालीले जवाफ दिए, ‘हिजो त्यो गलत थियो भनिसकेपछि आज कसरी सही हुन्छ । सबैतिरबाट आवाज उठाएपछि फिर्ता लिएको होइन ? कि जारी भएको थियो ? आवश्यक छैन भन्ने निष्कर्षमा पुगिसकेको विषय हो यो ।’

आफूहरुले संसदीय दल र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशतको प्रावधान राख्न खोजेको भए पनि अहिलेको सरकारले २० प्रतिशतले नै फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको उनले बताए ।ब कुन तरिकाले विरोधमा उत्रिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘एमालेलाई तपाईंहरुले चिन्नुभएकै होला । एमालेकै तरिकाले विरोध हुन्छ । शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनका माध्यमबाट जाने हो ।’

अब एमाले फुटको बाटोमा जान्छ त ? भन्ने प्रश्नमा ज्ञवालीले केही व्यक्तिहरु बाहिरिन सक्ने बताए । ‘यो पार्टीभित्र सकारात्मक ढंगले योगदान गर्न चाहनेलाई बैठकबाटै आह्वान गरेका छौं । तर केही व्यक्तिहरु बाहिरन सक्ने अनुमान गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर