सरकारी प्रमाण पत्रबाट टिन्डर आईडी भेरिफाइ गर्न सकिने – Nepal Press

सरकारी प्रमाण पत्रबाट टिन्डर आईडी भेरिफाइ गर्न सकिने

काठमाडौं । चर्चित डेटिङ एप- टिन्डरले सरकारी प्रमाण पत्रबाट पनि अकाउन्ट भेरिफाइ गर्न दिने तयारी गरेको छ । आफ्नो प्लेटफर्ममा भएका फेक प्रोफाइलको संख्या घटाउनका लागि यस्तो तयारी भइरहेको टिन्डरलाई उद्धृत गर्दै दी भर्जले लेखेको छ ।

यो सुविधा प्रयोग गरेर आफ्नो प्रोफाइलमा ‘भेरिफाइड ब्लु टिक’ पाउनेछन् । यसबाट प्रयोगकर्ताले चाहेजस्तै जोडी भेट्न सजिलो हुनेछ ।

टिन्डरले यो सुविधा सबैभन्दा पहिले जापानामा २०१९ मा दिएको थियो । जापानका स्थानीय प्रयोगकर्ताका लागि १८ वर्षमाथिको हुनै पर्ने कानुन भएकाले पनि त्यो अनिवार्य बनेको थियो ।

डेटिङ एपले यसअघि नै सेल्फी र विभिन्न पोजमा फोटो हालेर पनि अकाउन्ट भेरिफाइ गर्ने सकिने सुविधा दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर