महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो – Nepal Press

महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

काठमाडौं । जसपा नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफू जीवनको उत्तरार्धमा दलविहीन बन्नु परेको भन्दै अध्यादेश ल्याइदिन आग्रह गरेका छन् ।

राजेन्द्र महतोसहितका नेताहरूलाई लिएर आज विहान बालुवाटार पुगेका ठाकुरले निर्वाचन आयोगले जसपा फुटाएर आफूलाई पार्टीविहीन बनाइदिएको भन्दै चाँडो कानूनी प्रबन्ध मिलाइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

संसद अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । ठाकुर लामो समय कांग्रेसको नेतृत्वमा रहेका नेता भएकाले उनले देउवासँग सहयोग माग्नु स्वभाविक रहेको उनीनिकट नेताले बताए ।

ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएकाले देउवाले सकारात्मक आश्वासन दिएका छन् । एमालेविभाजनका लागि अध्यादेश ल्याउनै पर्ने भएकाले सोही अध्यादेशबाट ठाकुरले पनि फाइदा लिन सक्नेछन् ।

उता जसपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर