अमेरिकी सेनाले काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं ओर्लिए – Nepal Press

अमेरिकी सेनाले काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं ओर्लिए

काठमाडौं । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो । 

कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।

कुबेतबाट चार्टड फ्लाइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको हो । कामदारलाई स्वागत गर्न एयरपोर्टमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरु पुगेका थिए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर