ऋणको बोझले बार्सिलोनाको अवस्था निकै चिन्ताजनक – Nepal Press

ऋणको बोझले बार्सिलोनाको अवस्था निकै चिन्ताजनक

एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टोले क्लबको ऋण १.३५ विलियन युरो पुगेको जानकारी दिँदै यसलाई निकै चिन्ताजनक भनेका छन् ।

अहिले क्लबले खेलाडीहरुको तलव कुल आयको १०३ प्रतिशत खर्च गर्नुपरेको छ । लापोर्टाले क्लबको यस्तो अवस्था आउनुलाई आफूअघिको नेतृत्वलाई दोषी देखाएका छन् । जोसेप मारिया बार्टेमोउ नेतृत्वको कमिटीले भयानक बिरासत छाडेको आरोप उनको छ ।

मेस्सीको सम्झौता नवीकरण गर्दा तलवमानको खर्च बढेर आयको तुलनामा ११० प्रतिशत हुन जान्थ्यो । जसलाई ला लिगाले मान्यता दिने थिएन । त्यसैले बार्सिलोनाबाट बाहिरिँदै मेस्सीले दुई वर्षका लागि फ्रान्सेली क्लब पीएसजीमा सम्झौता थरेका छन् ।

‘क्लबको कुल आम्दानीको १०३ प्रतिशत तलवमा खर्च भइरहेको छ । अरु क्लबहरुभन्दा यो झण्डै २० देखि २५ प्रतिशतले बढी हो,’ लापोर्टाले भने । उनी मार्चमा भएको चुनावबाट अध्यक्षमा चुनिएका हुन् ।

‘हामी आएपछि ८० मिलियन युरो ऋण लिनैपर्ने भयो । नत्र भने हामीले खेलाडीलाई तलव दिन सक्ने गिएनौं । क्लबको पछिल्लो नेतृत्व झूटहरुको भण्डार थियो,’ लापोर्टाले भने, ‘क्लबको कुल सम्पत्ति ४५१ मिलियन युरो हो । र, अहिले भयानक अवस्थामा आइपुगेका छौं, यो निकै नै चिन्ताजनक स्थिति हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *