एनआरएनले आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीको उद्दार गर्ने – Nepal Press

एनआरएनले आफ्नै खर्चमा जहाज पठाएर काबुलबाट नेपालीको उद्दार गर्ने

आजमात्रै काबुलबाट ३ सय नेपालीको उद्दार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्ने भएको छ । सोमबार बसेको एनआरएन सचिवालय बैठकले उक्त निर्णय गरेको बरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे आफू गम्भीर रहेको र आफ्नै तरिकाले प्लेन पठाएर जतिसक्क्दो चाँडो उद्दार गर्ने तयारीमा आफूहरु जुटेको समेत उनले जनाए ।

उद्दारका लागि परराष्ट्र मन्त्रालयसँग समेत समन्वय गरिने भएको छ । ‘सीधै नेपालमा उद्दार गरेर ल्याउन कठिन भएपनि नजिकैको कुनै शान्तिपूर्ण मुलुकमा लगेर राख्ने हाम्रो योजना छ’ केसीले नेपाल प्रेसलाई भने, ‘अफगानिस्तानमा एनआरएन नभएपनि हामी नेपालीहरुको अवस्थाबारे निकै गम्भीर छौं ।’

मंगलबार पुनः बस्ने सचिवालय बैठकले कहिले जहाज पठाउने भन्ने बारे निर्णय गर्ने भएको छ । एनआरएनका अनुसार अहिले अफगानिस्तानमा १४ हजार नेपाली कार्यरत छन् । यसैबीच, काबुलको अमेरिकी दूतावासमा कार्यरत ३ सय जना नेपालीलाई अमेरिकाले उद्दार गरेर दुबईमा राखेको एनआरएनले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर