ब्रिटिस गोर्खाको माग तत्काल पुरा गर्न अभिनेत्री लुम्लेको आग्रह – Nepal Press

ब्रिटिस गोर्खाको माग तत्काल पुरा गर्न अभिनेत्री लुम्लेको आग्रह

लन्डन । अभिनेत्री जोआना लुम्लेले ब्रिटिस गोर्खाको समस्या तत्काल समाधान गर्न बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आग्रह गरेकी छिन् । बेलायती गोर्खाको अफिसियल वेबसाइटका अनुसार लुम्लेले असमान पेन्सनको नीति अन्त्य गर्न समेत भनेकी छिन् ।

७५ वर्षिया हलिउड अभिनेत्रीले दश दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसन बसेका गोर्खाहरुलाई समेत भेटेकी छिन् ।

लुम्लेले भनिन्, ‘बहादुर र इमान्दार गोर्खाहरु यसरी भोक हड्तालमा बस्नु निकै दुःखद कुरा हो । सबै गोर्खा भेट्रानहरु हाम्रो मन र मस्तिष्कमा छन् । सरकारले तत्काल माग सुन्नुपर्छ ।’

‘अन्यायलाई महसुस गर्ने यो गहिरो अनुभूतिले पक्कै पनि सम्मानित र बहादुरी आत्माहरुलाई यस्तो निर्णय गर्न बाध्य तुल्याएको हुनुपर्छ’ उनले भनिन् । सरकारले तत्काल आन्दोलनकारी गोर्खालाई भेटेर माग पुरा गर्नुपर्ने उनको भनाई छ ।

लुम्ले लामो समयदेखि गोर्खाली हकाधिकारप्रति क्रियाशिल छिन् । उनका बाबुले गोर्खा रेजिमेन्टमा रहेर लामो समय बेलायती सेनामा सेवा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर