कांग्रेसका सबै गुटका केन्द्रीय सदस्य छलफलमा जुटे – Nepal Press

कांग्रेसका सबै गुटका केन्द्रीय सदस्य छलफलमा जुटे

काठमाडौं । महाधिवेशनको नयाँ मिति घोषणासँगै सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । अनुपम फुडल्याण्डमा जारी छलफलमा कांग्रेसका सबै गुटका केन्द्रीय सदस्य सहभागी छन् । भेलाको संयोजन केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका हुन् ।

संस्थापन पक्षका एनपी साउद, भिष्मराज आङदाम्बे, महेन्द्र यादव, विश्वप्रकाश शर्मा, सुरेन्द्रराज पाण्डे , श्याम घिमिरे ,जीवनबहादुर शाही, सीता गुरुङलगायत भेलामा सहभागी छन् ।

संस्थापन इतरबाट केन्द्रीय सदस्यहरू दीपक गिरी, धनराज गुरुङ , रामकृष्ण यादव, गगन थापा, गुरुराज घिमिरे , प्रदीप पौडेल, बद्री पाण्डे, कल्याण गुरुङ, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सरिता प्रसाईंलगायत उपस्थित छन् ।

तोकिएको मितिमा सफलतापूर्वक महाधिवेशन गरेर संवैधानिकरूपमा पार्टीलाई जोगाउने, नेतृत्व हस्तान्तरण र युवा पुस्तामा नेतृत्वको बहस, सरकार र राष्ट्रिय राजनीतिमा कांग्रेको सान्दर्भिकतालगायतका भेलाको मुख्य एजेण्डा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर