व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी (भिडियो) – Nepal Press

व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी (भिडियो)

काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी विनियमावली ल्याएको भन्दै तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब धेरै कुर्न नसक्ने भन्दै चेतावनी दिएका हुन् ।

यो पनि पढ्नुहोस् : 

कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रीय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *