अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धार गर्न प्रचण्डको माग – Nepal Press

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धार गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानको विकसित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले अहिले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धार महत्वपूर्ण रहेको भन्दै सरकारलाई अविलम्ब कदम चाल्न आग्रह गरेका छन् ।

‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डले सामाजिक संजालमा लेखेका छन्, ‘यस आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।’

हिजो सकिएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पनि त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर