मेगा बैंकको ५ वटा शाखा थपिए – Nepal Press

मेगा बैंकको ५ वटा शाखा थपिए

काठमाडौ । मेगा बैंकले थप ५ शाखा संचालनमा ल्याएको छ । मोरङको सुन्दरहरैंचा-१० विराटचोक, उदयपुरको त्रियुगा नगरपालिका- ११ गाइघाट, रौतहटको चन्द्रपुर नगरपालिका- ४ चन्द्रपुर, चितवनको रत्ननगर नगरपालिका-६ सौराहा र कास्कीको पोखरा महानगरपालिका-६ गौरीघाटमा आइतबार शाखा विस्तार गरिएको हो ।

५ वटै शाखाहरूबाट हिजैबाट कारोबार शुरू गरिएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए ।

मेगा बैंकले पछिल्लो एक महिनामा १२ वटा शाखा विस्तार गरेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालय छन् भने थप ४ वटा शाखा संचालनको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर