अफगानिस्तानबाट नेपालीहरुलाई फर्काउन सरकारको पहल शून्य – Nepal Press

अफगानिस्तानबाट नेपालीहरुलाई फर्काउन सरकारको पहल शून्य

काठमाडौं । अहिले अफगानिस्तानमा तालिवानी समूहले चौतर्फी कब्जा गरिरहेको छ । त्यहाँका ३४ मध्ये अधिकांश प्रान्त उसको नियन्त्रणमा छन् भने राजधानी काबुलमा पनि तालिवानी लडाकु प्रवेश गरिसकेका छन् ।

अफगानिस्तानमा नेपालीहरु पनि धेरै संख्यामा कार्यरत छन् । त्यहाँको सुरक्षा संवेदनशीलताका कारण नेपाली कामदारहरुलाई स्वदेश फर्काउनुपर्ने आवाज सबैतिरबाट उठिरहेको छ । तर सरकारले भने ठोस कदम चाल्न सकेको छैन ।

नेपाल एयरलाइन्सको विमान उद्दारका लागि अफगानिस्तान जान लागेको हल्ला पनि चलेको छ । तर, अहिलेसम्म नेपाल एयरलाइन्सको जहाज अफगानिस्तान जाने विषयमा कुनै निर्णय नभएको बताउँछन् नेपाल वायु सेवा निगमका महाप्रवन्धक निर्देशक डिमप्रकाश पौडेल ।

उनी भन्छन्, ‘अहिलेसम्म सरकारका तर्फबाट अफगानिस्तान जाने विषयमा कुनै निर्देशन आएको छैन ।’

पराराष्ट्र मन्त्रालयमा पनि यसबारे कुनै छलफल नभएको बताउँछिन् मन्त्रालयकी प्रवक्ता सेवा लम्साल ।

अफगानिस्तामा द्वन्द्व चर्किएसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई घर फर्काइरहेका छन् । अहिले जापान, भारत र बेलायत, अमेरिकालगायतका देशले आफ्ना नागरिकलाई राजधानी काबुलबाट फिर्ता लगिरहेका छन् । तर, नेपाल सरकारले ठोस पहल नगर्दा त्यहाँ रहेका १४ हजार नेपालीको सुरक्षा चिन्ता उत्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *