शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह – Nepal Press

शान्तिपूर्ण रुपमा सत्ता छाडेर आत्मसमर्पण गर्न अफगान सरकारलाई तालिवानको आग्रह

काठमाडौं । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ ।

तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु वल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् ।

यता अफगानिस्तानका एक मन्त्रीले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण र संक्रमणकालीन प्रशासनको बारेमा छलफल भइरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर