माओवादी केन्द्रीय समिति बैठकअघि स्थायी समिति बस्दै – Nepal Press

माओवादी केन्द्रीय समिति बैठकअघि स्थायी समिति बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन आज पनि बस्दैछ । त्यसअघि स्थायी समिति बैठक पनि बस्न लागेको छ ।

केन्द्रीय समिति बैठक आज विहान ११ बजेदेखि बस्दैछ । त्यसअघि ८ बजेदेखि स्थायी समिति बैठक बस्न लागेको छ ।

शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ ।

उनीहरुले छलफलपछि आज बस्ने बैठकमा सुझावहरु पेश गर्ने केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।

स्थायी समिति बैठकमा पनि अध्यक्ष प्रचण्डकाे यही प्रतिवेदन र गठबन्धन सरकारकाे विस्तारमा भइरहेकाे ढिलाइबारे छलफल हुने बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर