शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु – Nepal Press

शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

१३ सय जना संक्रणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना (८,६६७ पीसीआर र ४,९०६) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०,२५९ रहेको छ भने कूल ७ लाख भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर