माओवादी केन्द्रीय समिति बैठक शुरु, तत्काल पदाधिकारी चयन नहुने – Nepal Press

माओवादी केन्द्रीय समिति बैठक शुरु, तत्काल पदाधिकारी चयन नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंमा शुरु भएको छ । दुई दिनसम्म चल्ने माओवादी बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्ने बताइएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनको मिति तोक्ने सम्भावना समेत रहेको एक नेताले बताए ।

केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने भनिए पनि तत्काल पदाधिकारी नराख्ने पक्षमा प्रचण्ड रहेको बताइएको छ । राष्ट्रिय सम्मेलनबाट पदाधिकारी चयन गर्ने भनेर अहिलेलाई सो एजेण्डा सारिएको छ ।

शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनलाई एकरुपता दिँदै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकपछि माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाबारे महत्पूर्ण निर्णय लिने ठानिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर