ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी – Nepal Press

ला लिगाको उद्घाटन खेलमा १० जनामा सीमित भ्यालेन्सिया विजयी

काठमाडौं । खेलको तेस्रो मिनेटमै १० जना खेलाडीमा सीमित भएको भ्यालेन्सियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमा गेटाफेविरुद्ध १–० को कठिन जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदान स्टाडियो मेस्टेलामा भएको खेलेका सुरुआतमै गेटाफेका खेलाडीमाथि खराब फाउल गरेपछि भ्यालेन्सियाका हुगो ग्विलामोन रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो ।

उनी बाहिरिएसँगै १० जनामा सीमित भएको भ्यालेन्सियाले ११औं मिनेटमा पेनाल्टी पाएको थियो । गेटाफेका डिजेनले डेनिस चेरिसेभमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि भ्यालेन्सियाले स्पटबाट अग्रता लिने मौका पाएको थियो ।

सोही पेनाल्टीको सदुपयोग गर्दै भ्यालेन्सियाका कार्लोस सोलेरले टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको गेटाफेले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन सकेन ।

निर्धारित समयको खेल सकिन १४ मिनेट बाँकी रहँदा एरिक काबाकोले दोहोरो पहेँलो कार्डको सामना गर्दैैै मैदान छाड्नु परेपछि गेटाफे पनि खेलको अन्त्यमा १० जना खेलाडीमा सीमित भएको थियो ।

जितसँगै भ्यालेन्सियाले तीन अंक जोडेको छ भने गेटाफेले खराब सुरुआत गरेको छ । स्पेनिस ला लिगामा शनिबार राति चार खेल हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *