खोप भनेर जर्मनीमा नर्सले लगाइदिइन् आठ हजार जनालाई नुन पानी ! – Nepal Press

खोप भनेर जर्मनीमा नर्सले लगाइदिइन् आठ हजार जनालाई नुन पानी !

बर्लिन । जर्मनीमा एक नर्सले कोभिड-१९ विरुद्धको खोप भनेर आठ हजारभन्दा बढी मानिसहरुलाई स्लाइन पानी लगाईदिएको खुलासा भएको छ ।

उक्त घटना नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको हो । गत मार्च र अप्रिलमा ६ जनालाई नुन पानी दिएको खुलासा भएपछि उक्त घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई स्लाइन दिएको स्वीकार गरेकी थिइन् । प्रहरी अनुसन्धानमा उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भएको छ ।

लगाइएको खोपमध्ये ७० वर्षभन्दा माथि उमेरका समूहका मानिसहरू बढी रहेको बीबीसीले जनाएको छ । प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना रहेको बताएको छ ।

क्षेत्रीय प्रसारक एनडीआरले ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएको बीबीसीले जनाएको छ । जर्मनीमा पहिला पनि खोपविरुद्ध थुप्रै प्रदर्शन भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर