ड्राइभर टोलमा आईसिएफसीको नयाँ शाखा – Nepal Press

ड्राइभर टोलमा आईसिएफसीको नयाँ शाखा

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा आईसिएफसी फाइनान्स लिमिटेडको २० औं शाखा शुरू भएको छ।

आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन्। कर्मसियल र विकास बैंकको दरमा ब्याज ऋण दिएर सेवा गरेको उनले बताए । पोखरामा शाखा सेवा विस्तारसंगै रुपन्देहीमा तेस्रो शाखा भएको उनले बताए।

‘अब हामी पूर्वतर्फ सेवा विस्तारको अभियानमा छौं’, उनले भने। फाईनान्सको १६ अर्बको ब्यालेन्स सिट रहेको उनको भनाइ छ। स्थानीय क्षेत्रमा विकासमा नै लगानी गराउने योजना छ । डेढ लाख बढी सेवाग्राहीहरु छन्। कोभिडकै कारण सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्दा बैकिङ क्षेत्रमा पनि प्रभाव परेको उनले बताए।

फाइनान्सका शाखा प्रमुख दिपक अर्यालले शहरीकरणतर्फ अग्रसर रहेको तिलोत्तमानगरमा बैकिङ सेवा दिने लक्ष्यसहित शाखा विस्तार गरेको बताए । योसंगै प्रत्येक शाखामा एटिएम रहेको र सेवाग्राहीले भारतमा समेत एटिएम प्रयोग गर्न सक्ने उनले दाबी गरे। सेकेण्डरी मार्केटमा समेत राम्रो भ्यालु रहेको उनले बताए।

फाईनान्सका बुटवल शाखा प्रमुख कमल ज्ञवालीले रुपन्देहीमा ३ वटा शाखाबाट सेवा दिइरहेको बताए। बैंक तथा वित्तीय सेवाबाट बन्चित रहेका ग्रामीण क्षेत्रका जनतामाझ पुग्ने गरी योजना बनाइएको उनले बताए। ड्राईभरटोल शाखामा ८ जना कर्मचारीले सेवा दिन्छन् । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त संस्थाको काठमाडौंमा मुख्य कार्यालयसहित ७ वटा शाखा र एक्सटेन्सन काउन्टर रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर