पाकिस्तानले नेपाललाई दियो दुई करोडका स्वास्थ्य सामग्री – Nepal Press

पाकिस्तानले नेपाललाई दियो दुई करोडका स्वास्थ्य सामग्री

काठमाडौं । पाकिस्तानले नेपाललाई ३० भेन्टिलेटरसहित झण्डै २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानका चार्ज डी अफेयर्स अदनान जाभेद खानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई मन्त्रालयमै भेटेर पाकिस्तानमै निर्मित ती सामग्री हस्तान्तरण गरे ।

पाकिस्तानले सार्कका सदस्य राष्ट्रहरुका लागि प्रतिवद्धता गरेको कोभिड १९ आपतकालीन सहायता कार्यक्रमअन्तरगत ती स्वास्थ्य उपकरण उपहारका रुपमा प्रदान गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ । अघिल्लो महिना दूतावासले नपाल सरकारलाई सोही कार्यक्रम अन्तरगत ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको चेक प्रदान गरेको थियो ।

स्वास्थ्य सामग्रीहरु बुझेपछि सचिव पोखरेलले पाकिस्तान सरकार र जनताप्रति आभार प्रकट गरेका छन् । चार्ज डी अफेयर्स खानले नेपाललाई कोभिडको रोकथाम र नियन्त्रणमा पाकिस्तानको सहयोग जारी रहने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर