नागपोखरीको गेटबाटै दर्शन गरेर फर्किए भक्तजन (तस्बिर र भिडियो) – Nepal Press

नागपोखरीको गेटबाटै दर्शन गरेर फर्किए भक्तजन (तस्बिर र भिडियो)

आज नागपञ्चमी पर्व । सामान्य अवस्था हुँदो हो त देशैभरका नागदह, नागस्थानहरुमा भक्तजनको भीड लाग्ने गर्थ्यो । कोरोना महामारीका कारण लागू गरिएको स्वास्थ्य मापदण्डका कारण तीन मन्दिर तथा दहहरुमा नित्य पूजाबाहेक सर्वसाधारणलाई प्रवेश अनुमति छैन ।

वर्षको एकदिन नागपञ्चमीका दिनमात्र मेला लाग्ने नक्सालस्थित नागपोखरी आज सुनसान छ । पोखरीको व्यवस्थापन गर्दै आएको नक्साल बक्सिङ क्लबले कोरोना महामारीका कारण नागपञ्चमीमा सर्वसाधारणलाई भीड नगर्न अनुरोध गरेको छ ।

सीमित व्यक्तिमात्र प्रवेश गरी सरसफाई र अत्यावश्यक पूजा सम्पन्न गरेका छन् । नागपोखरीको दर्शनका लागि आएका भक्तजनले मुख्य प्रवेशद्वारबाहिरैबाट दर्शन गरी फर्किएका छन् ।

नागपञ्चमीका दिन नागपोखरीबाहेक पशुपतिको बासुकी, टौदह, ललितपुरको धापाखेल नागदह लगायतका स्थानमा मेला लाग्ने गर्छ । तर कोरोना महामारीका कारण ती सबै स्थानमा सर्वसाधारणले पूजा गर्न पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर