कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा ११ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका , क्रियाशील सदस्यता विवाद लगायतका विषयमा छलफल हुनेछ ।

हिजोदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा महाधिवेशन कार्यतालिका केन्द्रीय समितिकै निष्कर्ष बमोजिम बनाउने गरी प्रस्ताव पेश गरेका छन् ।

त्यस्तै निर्वाचन समितिले तयार पारेर बुझाएको निर्वाचन निर्देशिका पनि बैठकमा पेश भएको छ । पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिमा रहेका नेताहरु धारणा राखेका छन् ।

बैठकमा संस्थापन पक्षले मंसिरदेखि महाधिवेशन कार्यक्रम सुरु गर्नुपर्ने धारणा राखेको छ भने इतर पक्षले भदौ २३ भित्रै सुरु हुने गरी महाधिवेशन कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर