ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी – Nepal Press

ज्लाटान, नेइमार, आल्भेसपछि बार्साबाट पीएसजी जाने नवौं खेलाडी बने मेसी

काठमाडौं । क्बल फुटबलमा स्पेनिस महारथी बार्सिलोनापछि फ्रेन्च हेभिवेट- पेरिस सेन्ट जर्मन (पीएसजी)मा व्यावसायिक फुटबल खेल्ने नवौं खेलाडी बनेका छन्, लियोनल मेसी ।

बार्सिलोनासँगको सम्झौता सकिएपछि अजेन्टिनी सुपरस्टारको २१ वर्ष लामो बार्सिलोना बसाईमा पूर्णविराम लागेको थियो । ३४ वर्षीय अर्जेन्टाइन कप्तान मेसीले क्याटलान क्लबमै बस्ने इच्छा राखे पनि क्लबको आर्थिक समस्यका कारण त्यो सफल हुन सकेन ।

पीएसजीमा अनुबन्धित भएसँगै मेसी पनि बार्सिलोनापछि फ्रेन्च क्लबमा खेल्ने खेलाडीको समूहमा सामेल भए । नेइमार, जाल्टान इभ्राहिमोभिक र ड्यानी आल्भेस लगायतका खेलाडीसँगै बार्साबाट पीएसजी जाने मेसी नवौं खेलाडी हुन् ।

बार्सिलोनापछि पीएसजीमा व्यावसायिक फुटबल खेल्ने ९ खेलाडी:

ज्वान पाब्लो सोरिन

अर्जेन्टिनी डिफेन्डर सोरिनले सन् २००२/०३ सिजन जारी रहँदा लोनमा बार्सिलोनासँग आबद्ध भएका थिए । त्यसको अर्को सिजन उनी पुनः अर्जेन्टाइन क्लब क्रुजेइरोबाट लोनमै पीएसजी गएका थिए । र, २००३/०४ सिजनको समाप्तिसँगै उनी होम क्लब क्रुजेइरो फर्किएका थिए ।

लुडोभिक ग्युली

बार्सिलोनामा सन् २००४ देखि २००७ सम्म खेलेका फ्रेन्च खेलाडी ग्युलीले तीन सिजनमा दुई पटक ला लिगा र एक पटक च्याम्पियन्स लिग जितेका थिए । उनले बार्सिलोनापछि एक सिजन रोमाबाट खेले र त्यसपछिका तीन सिजन पीएसजीमा बिताएका थिए ।

थिएगो मोट्टा

इटालियन पूर्व खेलाडी मोट्टा सन् २००१ मा बार्सिलोनामा आबद्ध भएर ६ सिजन खेलेका थिए । उनले २०१२ मा पीएसजीमा सामेल हुनुभन्दा अगाडि एथ्लेटिको मड्रिड, गेनेआ र इन्टर मिलानबाट खेलेका थिए । उनले आफ्नो व्यावसायिक करियरको ६ सिजन पीएसजीमा बिताएपछि २०१८ मा अवकास लिएका थिए ।

म्याक्सवेल

ब्राजिलियन फुलब्याक म्याक्सवेल सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएर तीन वर्ष स्पेनमा खेले । र, २०१२ मा ३५ लाख युरोमा अनुबन्ध भई, पाँच वर्ष पेरिसमा बिताएर सन् २०१७ मा अवकास लिएका थिए ।

राफिन्हा

बार्सिलोनाको एकेडेमीका उत्पादन हुन् राफिन्हा । उनी सिनियर टोलीमा सन् २०११ मा बढुवा भएका थिए । बार्सिलोनामा नौ सिजन खेलेपछि उनलाई दुई पटक सेल्टा भिगो र एक पटक इन्टर मिलान लोनमा पठाइएको थियो । सन् २०२० को समरमा राफिना फ्री-ट्रान्सफरमा पीएसजीमा अनुबन्ध भएका थिए ।

ड्यानी आल्भेस

फुटबलको इतिहासमा सबैभन्दा प्रतिष्ठितमध्ये एक खेलाडी हुन्, ड्यानी आएल्भेस । क्लब फुटबलका सर्वाधिक सफल खेलाडी एल्भेसले ४२ वटा मेजर ट्रफी जितेका छन् । भर्खरै ब्राजिलियन राष्ट्रिय टोलीबाट ओलम्पिक गोल्डमेडलिस्टसमेत बनेका आल्भेस सेभियाबाट सन् २००८मा बार्सिलोनासँग अनुबन्धित भएका थिए । ब्राजिलियन खेलाडी आल्भेसले क्याटलान क्लबमा आठ सिजन खेलेका थिए । त्यसपछि २०१६ मा युभेन्टसमा आबद्ध भएर एक सिजन बिताएपछि पीएसजीबाट दुई वर्ष खेलेका थिए ।

ज्लाटन इब्राहिमोविच

स्विडिस स्ट्राइकर जाल्टान सन् २००९ मा बार्सिलोनामा अनुबन्ध भएका थिए । र, तीन सिजन क्लाटलान जायन्ट्समा खेलेर उनी सन् २०१० मा लोनमा एसी मिलान गएका थिए । त्यसपछि २०१२ मा पीएसजीमा अनुबन्धित भएर चार सिजन फ्रेन्च क्लबबाट खेलेका थिए ।

नेइमार

बार्सिलोनामा चार सिजन बिताएका नेइमारको पीएसजी सरुवा विश्व फुटबलकै सर्वाधिक चर्चित र महंगो ट्रान्सफर हो । बार्सिलोनामा नेइमारले प्रशिक्षक लुइस इनरिकेको नेतृत्वमा ‘ट्रेबल’समेत जितेका थिए । त्यसपछि सन् २०१७ मा ब्राजिलियन स्टार फरवार्ड नेइमार २०१७ को समर ट्रान्सफर विन्डोमा कीर्तिमानी २२ करोड पाउन्डभन्दा बढी मुल्यमा पीएसजीमा अनुबन्ध भएका थिए ।

लियोनेल मेसी

बार्सिलोनामा खेलेपछि पीएसजीबाट खेल्ने नयाँ खेलाडी हुन्- अर्जेन्टिनी लिजेन्ड मेसी । बार्सिलोनासँगको सम्झौता सकिएपछि यसै साता फ्रेन्च क्लब- पीएसजीमा अनुबन्धित भएका हुन् ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *