सुशील कोइरालाको जन्मजयन्तीमा द्वीप प्रज्वलन – Nepal Press

सुशील कोइरालाको जन्मजयन्तीमा द्वीप प्रज्वलन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका भुतपूर्व सभापति सुशील कोइरालाको ८२ औं जन्मजयन्तीका अवसरमा द्वीप प्रज्वलन गरिएको छ । सुशील कोइराला सोसलिस्ट युथ सर्कल केन्द्रीय समितिले माइतीघर मण्डलामा सो कार्यक्रम गरेको हो ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आथ्यिमा द्वीप प्रज्वलन भएको थियो । कोइरालाको जन्म १९९६ साल साउन २८ गते भएको थियो । उनी २०७० साल माघ २७ गतेदेखि २०७२ साल असोज २३ गतेसम्म नेपालको प्रधानमन्त्री रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर