देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै – Nepal Press
देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै
फोटो फिचर
नेपाल प्रेस २०७८ साउन २८ गते १५:२६
२०७८ साउन २८ गते १५:२६

काठमाडौं । पार्टी वैधानिकता नै संकटमा पर्न लागेको चिन्ता लिएर नेपाली कांग्रेसका युवा नेताहरू नेतृत्वको ध्यानाकर्षणको लागि देउवा निवास बूढानीलकण्ठमा  प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउन उनीहरू बूढानीलकण्ठमा भेला भएका हुन् । केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’का तर्फबाट त्यहाँ पुगेका युवा नेताहरूको भीडका कारण बूढानीलकण्ठ वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले पार्टीको वैधानिकतामै संकटमा पर्न लागेकाले नेतृत्वलाई जिम्मेवार बनाउन सांकेतिक कार्यक्रम गरिएको बताए ।

बाहिर आन्दोलन भइरहँदा भित्र नेताहरू भने केन्द्रीय समिति बैठकको तयारीमा छन् ।