ह्याकरले चोरे ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी – Nepal Press

ह्याकरले चोरे ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

काठमाडौं । ह्याकरले हालसम्मकै सबैभन्दा ठूलो अनलाइन डकैती गर्दै ६०० मिलियन अर्थात ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् ।

ब्लकचेन साइट पोली नेटवर्कले बताएअनुसार ह्याकरहले आफ्नो सिस्टमममा अनाधिकृत पहुँच बनाई इथेरियम लगायतका हजारौं क्रिप्टोकरेन्सी आफ्नो वालेटमा ट्रान्सफर गरेका हुन् ।

ट्वीटरमा सार्वजनिक भएको एउटा पत्रमा भनिएको छ, ‘अन्तरक्रिया स्थापित गरेर ह्याक गरिएको एसेस्ट फिर्ता गर ।’

ह्याक भएको केही घण्टापछि ह्याकरले थोरै रकम क्रिप्टोकरेन्सी फिर्ता गर्न सुरु गरेको थियो । पछि मिलियन डलरमा फिर्ता भएको थियो ।

पोली नेटवर्कले भनेको छ, ‘डिसेन्ट्रलाइज्ड फाइनान्स’को इतिहासमा तिमीहरूले ह्याक गरेको रकम सबैभन्दा धेरै हो । कुनै पनि देशको कानुनले यसलाई ठूला आर्थिक अपराधको रूपमा हेरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *