जापानको क्वारेन्टिन नीति परिवर्तन, नेपालबाट प्रवेश गर्दा छ दिन मात्रै क्वारेन्टिन बसे हुने – Nepal Press

जापानको क्वारेन्टिन नीति परिवर्तन, नेपालबाट प्रवेश गर्दा छ दिन मात्रै क्वारेन्टिन बसे हुने

टोकियो । जापानको विदेश मन्त्रालयले जापान प्रवेश गरेपछि नेपालीहरुका लागि अनिवार्य गरेको १० दिनको क्वारेन्टिन अवधि ६ दिनमा झार्ने निर्णय गरेको छ ।

विदेश मन्त्रालयले एक सूचना जारी गर्दै नेपालसहित भारत, जाम्बिया, श्रीलंका र माल्दिप्सबाट जापान प्रवेश गर्ने नागरिकहलाई विमानस्थलमा अनिवार्य गरिएको क्वारेन्टिन अवधि ६ दिनमा झार्ने जानकारी गराएको हो ।

नयाँ निर्णयअनुसार जापान प्रवेश गरेपछि पहिलोपटक ३ दिनमा र दोस्रोपटक ६ दिनमा पिसिआर परीक्षण गरिनेछ । ६ दिनमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको खण्डमा विमानस्थलको क्वारेन्टिनबाट छुटकारा मिल्नेछ तर घरमा फेरि १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

बेलायत, पाकिस्तान, मलेसिया र रसियाबाट जापान प्रवेश गर्नेहरुले पनि अब विमानस्थलमा ६ दिन मात्रै क्वारेन्टिन बसे पुग्छ । तर ६ दिनमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएमा क्वारेन्टिन अवधि लम्बिन सक्नेछ ।

परिवर्तित क्वारेन्टिन नीति १४ गतेबाट लागू हुने जनाइएको छ ।

यद्यपि जापान प्रवेशमा कायम रहेको प्रतिबन्ध भने अझै हटिसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *