इन्स्टाग्राममा पोस्ट गर्दै रामोसले पीएसजीमा स्वागत गरे मेसीलाई – Nepal Press

इन्स्टाग्राममा पोस्ट गर्दै रामोसले पीएसजीमा स्वागत गरे मेसीलाई

काठमाडौं । वर्षौदेखि चिर-प्रतिद्वन्दी बनेर उभिँदै आएका दुई खेलाडी- सर्जियो रामोस र लियोनेल मेसी अब ‘टिममेट’ बनेर एक-अर्काका लागि उभिने भएका छन् । स्पेनिस ला लिगामा रामोस रियाल मड्रिडका डिफेन्डर र मेसी बार्सिलोनाका फरवार्ड थिए ।

‘एल क्लासिको’मा प्रायः सधैँ एकअर्काका दुश्मन रहँदै आएका रामोस र मेसी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका छन् ।

रामोस फ्रेन्च राजधानी पुगेको धेरै भइसके पनि मेसी भने मंगलबार मात्रै पीएसजीको खेलाडीका रूपमा सार्वजनिक भए । कठोर दुश्मनीका लागि चिनिने दुई खेलाडी अब सहयात्री बन्ने भएपछि समर्थकहरू त्यसप्रति पनि उत्सुक छन् ।

मेसीले पीएसजीसँग सम्झौता गरेसँगै रामोसले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गदैै मेसीको स्वागत गरेका छन् ।

‘कसैले हामीलाई भन्दै थियो ? राइट लियोमेसी ? स्वागत छ,’ रामोसले आफ्नो र मेसीको डमीमा लगाइएको जर्सीको फोटो सेयर गर्दै लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर