बाबुरामको टीप्पणी- ओली सुध्रिन्छन् भन्नु भ्रम – Nepal Press

बाबुरामको टीप्पणी- ओली सुध्रिन्छन् भन्नु भ्रम

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई एउटा प्रवृत्ति भन्दै यो लोकतन्त्रका लागि समेत खतरा भएको टिप्पणी गरेका छन् । समाजिक संजालमा भट्टराईले ओली प्रवृत्ति सच्चिन्छ र सुध्रिन्छ भन्नु भ्रम रहेको बताएका छन् ।

‘ओलीप्रवृत्ति एउटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रका निम्ति खतरा र साझा मुद्दा हो,’ उनको भनाइ छ, ‘यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो । यो सच्चिन्छ र सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बाँच्छ भन्नु उस्तै भ्रम हो । सबैको चेत खुलोस् ।’

भट्टराईले केही दिनअघि पनि ओलीप्रति लक्षित गर्दै प्रतिगमनको नयाँ भेरिएन्ट दोहोरिने खतरा रहेकोले माधव नेपाल पक्षलाई नमिल्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर