गच्छदारको बयान- मजस्तो थारुको छोरालाई फसाउने संविधानमै त्रुटी छ (भिडियो) – Nepal Press

गच्छदारको बयान- मजस्तो थारुको छोरालाई फसाउने संविधानमै त्रुटी छ (भिडियो)

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि सांसद पदबाट निलम्बनमा रहेको कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफ्नो ५० वर्षको राजनीति सिध्याउन ललिता निवासका विषयमा अख्तियारले मुद्दा चलाएको दावी गरेका छन् ।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा अख्तियारले आफूमाथि दुश्मनी साँध्ने काम गरेको र त्यसमा संवैधानिक त्रुटीले काम गरेको बताए ।

संविधानमा त्रुटी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैले गर्नुपर्ने उनले बताए । गच्छदारले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश व्यक्त गरे ।

गच्छदारले भने, ‘राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो । मलाई थाहा पनि थिएन् सो विषयमा । तर मलाई तह लगाउने नाममा अख्तियार लगाईयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो । यी सब काम संविधान, कानूनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटी सच्याउने काम नेपाली कांग्रेसले गर्नु पर्छ । आदिवासी, जनजातीको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’

उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर