‘गणेशमानले त्यागे भन्दैमा प्रकाशमानले पनि त्याग्नुपर्छ भन्ने छैन’ – Nepal Press

‘गणेशमानले त्यागे भन्दैमा प्रकाशमानले पनि त्याग्नुपर्छ भन्ने छैन’

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले त्यागको जिम्मेवारी सबै आफूहरुको नरहेको बताएका छन् । संस्थापनइतर जिल्ला सभापतिहरूको बैठकलाई सम्बोधन गर्दै नेता सिंहले इतिहासमा गणेशमान सिंहले त्यागेको भन्दैमा अहिलेपनि प्रकाशमानले त्याग्नुपर्छ भन्ने नरहेको बताए ।

‘पहिले गणेशमान सिंहले त्याग्नुभयो अहिले प्रकाशमानले त्याग्नुपर्ने ? यो त भएन नि । मलाई पनि देशभरका साथीले अगाडि बढ्नु भनेका छन्’ सिंहले भने ।

उनले पार्टी नेतृत्वका लागि आफूले दावी गर्नु स्वभाविक रहेको भन्दै जिल्ला सभापतिहरुले पनि बोल्नुपर्ने बताए ।

उनले विधान र संविधान बमोजिम महाधिवेशन नगर्नु भनेको डेट एक्सपायर भइसकेको औषधीले बिरामी निको पार्न खोजे झै भएको बताए । जिल्ला सभापतिहरूको सुझाव अनुसार क्रियाशील सदस्यता विवाद टुंग्याउन र विधिसम्मत महाधिवेशन गर्न निर्णायक पहल गर्नुपर्ने सिंहको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर