सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च – Nepal Press
आर्थिक श्वेतपत्र

सार्वजनिक संस्थानबाट नगण्य प्रतिफल , राष्ट्रिय गौरव आयोजनामा ५८ प्रतिशतमात्र खर्च

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानको अवस्था कमजोर रहेको बताएका छन् । सदनमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारलाई २ प्रतिशतमात्रै प्रतिफल प्राप्त हुने गरेको सार्वजनिक गरे । निजीकरण गरिएका सार्वजनिक संस्थान मार्फतबाट समेत राम्रो प्रतिफल आउन नसकेको उनको भनाइ छ ।

मन्त्री शर्माका अनुसार राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनमा लक्षित बजेट खर्च नभएको बताए । गत वर्ष कुल बजेटको ५८ प्रतिशतमात्रै बजेट खर्च भएको उनको भनाइ छ । राष्ट्रिय गौरवका आयोजना २२ वटा र रुपान्तरकारी योजना १८ रहेको समेत अर्थमन्त्री शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *