मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण – Nepal Press

मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले यति एयरलाइन्स र तारा एयरका पाइलट, क्याबिन–क्रु तथा प्रशासनिक कर्मचारीलाई प्रि–हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरेको छ ।

अस्पतालको प्रि–हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेका थिए । यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेको जनाइएको छ ।

देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

हाल देशमा हेलीकोप्टर तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

यस व्यवस्थाले बिरामीलाई रात्रिकालीन उद्दार उडान गर्न समेत सहज हुने भएको हो । मेडिसिटी र ती दुई एयरलाइन्स कम्पनीबीच द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यति तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर