गुडिरहेको जीपमाथि ढुंगा खस्दा ४ जना घाइते – Nepal Press

गुडिरहेको जीपमाथि ढुंगा खस्दा ४ जना घाइते

रूपन्देही । गुडिरहेको जीपमाथि ढुंगा खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल पाल्पा सडकखण्डबाट बोलेरो जीप तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन् ।

सिद्धबाबादेखि केही अगाडि हेडबक्स नजिकबाट उक्त बोलेरो जीप तल नदीमा खसेको हो । बा १ प १२९१ नम्बरको बोलेरो दुर्घटना हुँदा तिनपा ३ झुम्साका बाबुराम पाण्डे, बिनोद पाण्डे, अमित बस्याल र गं‌गा दराई रहेका छन् ।

उनीहरु सबै पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्साका हुन्। सो गाडी पाल्पाबाट बुटवलतर्फ आउँदै स्थानीय तोया लम्सालले बताए । उनीहरूलाई प्रहरी र स्थानीयले उद्दार गरी अस्पताल पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर