७७ वर्षिया वृद्धाको आँट : बेलायतबाट दौडेर काठमाडौं आउँदै – Nepal Press

७७ वर्षिया वृद्धाको आँट : बेलायतबाट दौडेर काठमाडौं आउँदै

काठमाडौं । बेलायतकी ७७ वर्षिया एक महिलाले इङ्ल्यान्डको ब्राइटनदेखि काठमाडौंसम्मको दौड यात्रा सुरु गरेकी छिन् । जुन २५ देखि सुरु भएको उनको दौड यात्रा उत्तरी इङल्यान्डसम्म आइपुगेको जीआई मिडियाले जनाएको छ ।

रोसी स्वालो पोप नाम गरेकी ती महिलाले ब्राइटनदेखि काठमाडौंसम्मको ८ हजार ५०० किलोमिटर दूरी तय गर्ने लक्ष्य लिएकी छिन् । तीन पाङ्ग्रे एक कार्टलाई कम्मरमा बाँधेर उनले दौड थालेकी हुन् । सो कार्टमा हिउँका ढिक्काहरु राखिएको छ ।

उनले यसअघि पनि काठमाडौंसम्मको दौड सुरु गरेपछि कोभिड–१९ महामारीले गर्दा टर्कीसम्म आएर रोकिएको थियो । नेदरल्यान्ड, नर्वे, रुस, चीन र तिब्बत हुँदै उनी काठमाडौंसम्म आइपुग्ने छिन् ।

दुर्गम नेपालका बासिन्दाको जीवनस्तर सुधार्ने च्यारिटी अभियानका लागि रोसीले चुनौतिपूर्ण दौड थालेकी हुन् । यसका लागि ५ हजार पाउन्ड राशी संकलन गर्ने उनको योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर