एमालेमा वरिष्ठ नेता पद नराख्न वामदेव गौतमको सुझाव – Nepal Press

एमालेमा वरिष्ठ नेता पद नराख्न वामदेव गौतमको सुझाव

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने बताएका हुन् ।

गौतमले वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने भन्दै विधान महाधिवेशनबाट वरिष्ठ नेता भन्ने पद नराख्न सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए ।

हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताकारूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुन् । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएकोमा समेत वामदेवको असहमति छ ।

एमालेको २०७५ जेठ २ को अन्तिम बैठकसम्म नेपाललाई पार्टी नेताको रुपमा माइन्युटमा हस्ताक्षर गराइएको छ । तर, नेकपामा भने नेपाल पनि वरिष्ठ नेता थिए । पार्टीमा वरिष्ठ नेता पद नराख्नेबारे गौतमसहित अरु कतिपय नेताले समेत सुझाव दिएका छन् ।


प्रतिक्रिया

One thought on “एमालेमा वरिष्ठ नेता पद नराख्न वामदेव गौतमको सुझाव

Leave a Reply to Bhim koirala Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर