विधान मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक भोलि बोलाइयो – Nepal Press

विधान मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक भोलि बोलाइयो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने संगठन विभाग सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।

एमालेको विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्छ । एमालेको विधान महाधिवेशन भदा २७ र २८ गते तोकिएको छ ।

यसका साथै सदस्यता नवीकरण र तल्ला तहका कमिटीहरूको गठन पुनर्गठनमा एमाले केन्द्रित हुने तामाङले बताए । माधव नेपाल पक्षका नेताहरूको आग्रहमा आजको बैठक रोकिए पनि अनन्तकालसम्म पार्टी निष्क्रिय भएर बस्न नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर