महानगरलाई कर नतिर्ने कम्पनीमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल समेत (सूचीसहित) – Nepal Press

महानगरलाई कर नतिर्ने कम्पनीमा स्वास्थ्य राज्यमन्त्रीको अस्पताल समेत (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिनको अल्टिमेटम दिएको छ ।

राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ ।

कर नतिर्ने सूचीमा काठमाडौं वडा न‌ं. १६ को बालालु चोकस्थित जनमैत्री अस्पताल पनि छ । यो अस्पतालमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको समेत लगानी छ ।

अधिकारीकाअनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । सम्पर्कमा नआएका करदाताको सेवा बन्द गर्ने तयारीमा विभाग पुगेको छ ।

‘नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक सूचना गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ गरिएको छ । हामी करदाताको सहजताका लागि काम गरिरहेका छौँ । यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन’, अधिकारी भन्नुहुन्छ, ‘हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरूको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकीसरह राजस्व असुली गर्नुको विकल्प छैन ।’

अनलाइनबाट कर तिर्न यस्तो छ प्रक्रिया

महानगरले अनलाइन प्रणालीमार्फत कर बुझाउन सक्ने व्यवस्था गरेको छ । अनलाइन प्रणालीमार्फत कर बुझाउदा करदाताले आफ्नो वडा कार्यालयमा गइ राजस्व सफ्टवेयरमा सम्पत्ति/व्यवसायको विवरण प्रविष्टी गराई वडा कार्यालयबाट करदाता संकेत नम्बर लिनु पर्ने छ । करदाताले गत वर्ष सफ्टवेयरबाट कर बुझाइसकेको भए रसिदबाट समेत करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सक्ने काठमाडौं महानगरले जानकारी दिएको छ ।

करदाताले अनलाइन प्रणालीमार्फत कर दाखिला गर्न काठमाडौं महानगरपालिका करदाता पोर्टलमा गइ आफ्नो प्रयोगकर्ता आइडी र पासवोर्ड प्रयोग गरेपछि ‘यहाँ दर्ता गर्नुहोस्’ मा क्लिक गर्नु पर्ने हुन्छ ।

करदाता पोर्टलको फाराम भर्नुपर्ने छ । त्यसपछि करदताहरुको आफ्नो इमेल वा मोबाइल नम्बरमा ओटीपी कोड करदाता पोर्टलमा भर्नुपर्ने हुन्छ । त्यस पछि आफ्नो सुरक्षित पासवर्ड राखी ‘दर्ता गर्नुहोस्’ मा क्लिक गर्नु पर्छ ।

करदाताले अर्को चरणमा पुनः करदताको फोन वा इमेलमा प्राप्त भएको ओटिपी कोड प्रविष्टी गरी ‘पेस गर्नुहोस्’ मा क्लिक गरी लगइन गर्नका लागि युजर नेमको ठाउँमा नयाँ आन्तरिक संकेत राखेर पासवर्ड राख्नु पर्ने हुन्छ ।

लग इन गरे पछि ‘करदाता’ मा क्लिक गरेपछि भुक्तानीमा क्लिक गर्नु पर्ने महानगगरले बताएको छ । कर तिर्नका लागि करदाताले चाहे अनुसारको सेवा प्रदायक इसेवा र कनेक्ट आईपीएसलगायतबाट तिर्न सकिने छ ।

कर तिर्न ताकेता गरिएका करदाता :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर