जसपा ठाकुर पक्षको सक्रियता बढ्यो, आज ४ जिल्लामा भेला – Nepal Press

जसपा ठाकुर पक्षको सक्रियता बढ्यो, आज ४ जिल्लामा भेला

काठमाडौं । पार्टीमा वैधानिकता नपाए पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले तराईका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ ।

ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अन्तरक्रिया र प्रशिक्षणमा व्यस्त छन् । यसैबीच ठाकुर पक्षले आज ४ जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागिएको जसपा ठाकूर समूहका नेता केशव झाले जानकारी दिए । वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरु जितेन्द्र सोनल र अभिराम शर्माले आज सर्लाहीको भेलालाई सम्बोधन गर्नेछन् ।

सुनसरीमा नेताहरु डा.सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर र अरविन्द साहले सम्बोधन गर्नेछन् ।

त्यस्तै रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई नेताहरु सर्वेन्द्रनाथ शुक्ल, उमाशंकर अरगरिया र कृष्णा सिंहले सम्बोधन गर्नेछन् ।

कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखाी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने जनाइएको छ ।

अगुवा कार्यकर्ता भेलाका दौरान पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो समूहले राखेको अडान र यादव समूहबाट ‘धोका’ भएकोबारे प्रशिक्षणसमेत हुने नेता झाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर