सेवाग्राहीलाई खुशी पार्ने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन – Nepal Press

सेवाग्राहीलाई खुशी पार्ने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको निरीक्षण गरेका छन् । उनले बिरामीको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमजोरी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

कोरोनाको तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीले जोड दिए । ‘यहाँहरूलाई आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन प्रयास जारी राख्नुहोस्’, मुख्यमन्त्री शाहीले भने, ‘बजेट कम भएको छ भने प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार छ । अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधैं खुशी ल्याउने गरी कामहरु अघि बढाउनुस् ।’

कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको शाहीले जानकारी गराए ।

मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर