कैलालीका एक युवकको भारतमा मृत्यु, धनगढीमा आफन्तले गरे प्रदर्शन – Nepal Press

कैलालीका एक युवकको भारतमा मृत्यु, धनगढीमा आफन्तले गरे प्रदर्शन

कैलाली । कैलालीका एक युवकको भारतका मृत्यु भएको छ । १५ साउनमा पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालिको बसबाट भारत गएका जानकी गाउँपालिका दुर्गौलीका २२ वर्षीय पशुपति आचार्यको बैङ्लोरमा मृत्यु भएको हो ।

आचार्यको १९ साउनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘हामीले घटनाबारे बुझ्दै छौँ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने ‘१९ गते मृत्यु भएको भन्ने जानकारी पाएका छौँ ।’

आचार्यको हत्या गरेको भन्दै आफन्तले शुक्रबार धनगढी बसपार्कस्थित पशुपतिनाथ टुर एन्ड ट्राभल्स अगाडि प्रदर्शन गरेका छन् । घटना सम्बन्धी सोधपुछका लागि टुर एन्ड ट्राभल्सका सञ्चालकसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *