महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै – Nepal Press

महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

पार्टीको आधिकारिकता नपाएपछि आफ्नो पक्षमा कार्यकर्ता तान्न ठाकुर पक्ष अगुवा कार्यकर्ता भेला गर्न लागेका हुन् । आज सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागिएको जसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले जानकारी दिए । जसपाकै ब्यानरमा कार्यक्रम गर्ने उनको भनाई छ ।

अहिले जसपामै बसेर समानान्तर गतिविधि सञ्चालन गर्ने र निर्वाचन नजिक आएपछि मात्र नयाँ पार्टी दर्ता गराउने रणनीतिका साथ ठाकुर पक्षले अगुवा कार्यकर्ता भेला गर्न लागेका छन् ।

ठाकुर पक्षका एक नेता भन्छन्, ‘महन्थ ठाकुर पक्षले मधेसको मुद्दा सम्बोधन गराउन अडान लिएकै हो । तर प्रतिगमनलाई साथ दिएको भनेर भ्रम फैलाइएको छ । यो भ्रम चिर्न अगुवा कार्यकर्ता भेला गर्न लागेका छौं ।’

महोत्तरीको अगुवा कार्यकर्ता भेलाको सम्वोधन गर्न बिहीवार जनकपुर आइपुगेका अध्यक्ष ठाकुरले सांसद पद गुम्ने डरले नयाँ पार्टी दर्ता नगराएको केहिलाई भ्रम रहेको बताएका थिए । ‘सत्य उजागर भएपछि भ्रम टुट्छ,’ उनको भनाई थियो ।

आज कहाँ कुन नेता पुग्दैछन् ?

सप्तरी- राजेन्द्र महतो, बृशेषचन्द्र लाल र राजिव झा

सिरहा- उमाशंकर अरगरिया र जैलुन राइन

महोत्तरी- महन्थ ठाकुर, निर्जला राउत र शरतसिंह भण्डारी

बारा- लक्ष्मणलाल कर्ण, रमेश पटेल, बाबुलाल साह

दाङ- दान बहादुर विश्वकर्मा र बिजय गुप्ता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर