चुनाव केन्द्रित हुने कर्णालीका माओवादी सांसदको निर्णय – Nepal Press

चुनाव केन्द्रित हुने कर्णालीका माओवादी सांसदको निर्णय

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको वैठकले चुनाव केन्द्रित कार्यक्रम तय गर्दै सोही अनुसारको तयारी अघि बढाउने निर्णय गरेको छ । विहीबार झण्डै पाँच घण्टा बसेको दलको वैठकले स्थानीय तहको निर्वाचन, प्रदेशको उपनिर्वाचनलाई मध्यनजर गर्दै चुनाव केन्द्रित अभियान संञ्चालन गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले चालू आर्थिक वर्षको बजेटलाई सकेसम्म हरेक मतदातासम्म पु¥याउने, पार्टीको संगठनलाई चुस्त र दुरुस्त बनाउने र माओवादी नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार प्रसार गर्ने निर्णय भएको प्रमुख सचेतक ठम्मर विष्टले नेपालप्रेसलाई बताए ।

‘अब सदन तत्काल बस्ने सम्भावना देखिएन । तिहार पछि नै बस्ने सम्भावना भएकाले पालिका र प्रदेशका उपनिर्वाचनका लागि सबै सांसदहरु आफ्नै क्षेत्रमा खट्ने निर्णय भएको छ,’ उनले भने, ‘आगामी साता बस्ने दलको वैठकले स्पष्ट कार्ययोजना ल्याएर सोही अनुसार अघि बढ्ने र माओवादी नेतृत्वको सरकारले गरेका हरेक कामको निर्ममतापूर्वक समीक्षा गर्ने निर्णय गरेका छौं ।’

उनले सांसदहरुले आवश्यकता अनुसारका योजना हेर्ने, अनुगमन गर्ने र सोही अनुसारको आफ्नो निर्वाचन क्षेत्रमा भए गरेको काम कारवाहीबारे जानकारी लिइ दलको वैठकमा अवगत गराउने गरी विहीबारको वैठक सम्पन्न भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर