रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी – Nepal Press

रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

ग्राहकको अर्डर लिन्छिन् र लन्च रेडी पार्छिन्

न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।

अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

 

बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।

 


प्रतिक्रिया

One thought on “रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

  1. पैसाको अभाबले काम गरेको होइन ।
    अमेरिकाको पूर्व राष्ट्रपति बाराक ओबामा multi-millionaire (अरबौ सम्पति छ) हो । कम्तिमा पनि ७० million डलर सम्पति भएको कुरा प्रकासमा आएको छ ।
    विकषित देशहरुमा आफैले मेहनत गरेर पैसा कमाउनु पर्छ, काम गर्नु पर्छ भन्ने सस्कार भएकोले बाउ-आमा जति धनी भए पनि छोरा-छोरीहरूलाई मेहनत गर्न, काम गर्न सिकाउने गर्छन ।
    काम सानो-ठुलो हुदैन । श्रमको सम्मान हुन्छ ।

Leave a Reply to gane Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर