खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ) – Nepal Press

खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

काठमाडौं । सरकारले खोप प्रमाणीकरण कार्ड जिल्ला अस्पतालबाटै वितरण गर्ने भनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विदेश जाने श्रमिकहरु राजधानीबाटै कार्ड लिनुपर्ने बाध्यतामा छन् ।

क्यूआर कोर्डसहितको कार्ड जिल्लाबाटै वितरण गर्ने भनिएपनि टेकु अस्पतालमा कार्ड लिनेको भीड घटेको छैन बरु, कार्ड लिनकै लागि चारपाँच दिन बसेर भएपनि सर्वसाधारण राजधानी आउनुपर्ने बाध्यतामा छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले पनि जिल्लाबाट आउनेको बाक्लो भीड छ । खोप कार्ड वितरण कार्य व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोनाभाइरस संक्रमण हुने जोखिम देखिन्छ । उपत्यकाबाहिरबाट आएका सर्वसाधारणले चारदिनसम्म पनि भोकै बसेर कार्ड लिनुपरेको गुनासो गरेका छन् ।

अस्पतालले सेवाग्राहीको व्यवस्थापन र कार्यलाई चुस्त र दुरुस्त राख्न नसक्दा सर्वसाधारणले अनाहकमा दुःख पाएको र कोभिड जोखिमको त्रास पनि बढेको गुनासो छ । तर, टेकु अस्पतालका सूचना अधिकारी सूचना अधिकारी नवराज गौतमले सेवा व्यवस्थापनका लागि प्रयास भैरहेको बताए ।

टेकु अस्पतालमा मात्र भीड बढेको भन्दै स्वास्थ्य मन्त्रालयले उपत्यकाका अन्य चार अस्पतालबाट पनि खोप प्रमाणीकारण लिन सकिने सेवा सुरु गरिएको जनाएको छ । गत साता कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोड सहितको खोप प्रमाणीकरण वितरण गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर