एमाले बनेका जनप्रतिनिधिलाई पुनर्वहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आज सुनुवाइ हुँदै – Nepal Press

एमाले बनेका जनप्रतिनिधिलाई पुनर्वहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन् ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमाले रोजेका विभिन्न जिल्लाका मेयर,उपमेयर,गाउँपालिकाका पदाधिकारीहरुलाई माओवादी केन्द्रले कारवाही गरी निर्वाचन आयोगबाट पदमुक्त गराएको थियो ।

पदमुक्त भएका जनप्रतिनिधिहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेकोमा माओवादी अध्यक्ष प्रचण्ड अन्तरिम आदेश खारेजीको माग लिएर अदालत गएका हुन् ।

प्रचण्डको भ्याकेट निवेदनमाथि आज आनन्दमोहन भट्टराई,बमकमुार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा सुनुवाइका हुँदैछ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह,कटहरीयाका मेयर सियराम कुशवाह लगायत वडाध्यक्षदेखि मेयरसम्मका ४१ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए ।

उनीहरु सबैलाई अदालतले पुनर्वहालीइ गरेकाले सो अन्तरिम आदेश खारेजीका लागि प्रचण्ड गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर