महरापत्नीको स्मृति पार्क बनाउन संघीय सरकारको ३० लाख – Nepal Press

महरापत्नीको स्मृति पार्क बनाउन संघीय सरकारको ३० लाख

दाङ । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्य निर्वाचित कृष्णबहादुर महरा पत्नी सीता महराको स्मृतिमा रोल्पामा पार्क निर्माण गरिएको छ । पार्क बनाउन संघीय सरकारले ३० लाख बजेट निकासा गरेको थियो भने बाँकी जनश्रमदानबाट जुटाइएको हो ।

दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले दिवंगत महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जनश्रमदानबाट आकर्षक पार्क निर्माण गरिएको हो । दिवंगत सीता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाइनिज टिमुर लगायतका बोटबिरुवाहरुलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ ।

दिवंगत सस्ता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *