केन्द्रलाई सन्देश दिनेगरि सिन्धुपाल्चोकमा सहमति, सुनकोशी गाउँपालिका एकतावद्ध एमाले र सूर्य चिन्हको पक्षमा – Nepal Press

केन्द्रलाई सन्देश दिनेगरि सिन्धुपाल्चोकमा सहमति, सुनकोशी गाउँपालिका एकतावद्ध एमाले र सूर्य चिन्हको पक्षमा

सिन्धुपाल्चोक । नेकपा (एमाले) को केन्द्रमा पार्टी लामो समयदेखि रस्साकस्सी चलिरहे पनि सिन्धुपाल्चोकको एमाले सुनकोशी गाउँपालिकामा भने पार्टी एक बनाएर लैजाने सहमति दुवै पक्षबीच भएको छ ।

पार्टीलाई २०७५ जेठ २ को पुर्ववत अवस्थामा पार्टीका सबै संरचनाहरु फर्काउन एमाले सुनकोशीका दुवै पक्षका नेताहरु सहमत भएका हुन् ।

एमाले र सुर्य चिन्हको पक्षमा आफूहरु उभिने उनीहरुको निर्णय छ । ‘केन्द्रमा विवाद नै छ तर हामी सुनकोशीमा भने जता एमाले र सूर्य चिन्ह रहन्छ हामी त्यही हुने निर्णय गरेका छौ’ यस अघि माधव नेपाल पक्षमा रहेका एमाले सुनकोशीका नेता टपिन्द्र तिमिल्सिनाले भने ।

साउन ३० गते भित्र २०७५ जेठ २ अघिकै कमिटीको बैठक बोलाउने र त्यस अघि दुवै पक्षबीचमा सहजीकरणका लागि आठ सदस्यी सहजीकरण कमिटी समेत गठन गरिएको तिमिल्सिनाले जानकारी दिए ।

एमालेमा केन्द्रमा संस्थापन र नेपाल पक्षबिच विवाद भएपछि त्यसको असर गाउँ तहसम्म पुगेको थियो । सुनकोशी गाउँ कमिटीमा समेत यसअघि दुवै पक्षको छुट्टा छुट्टै कमिटिहरु क्रियाशिल रहेका थिए ।

सुनकोशी गाउँपालिकाका स्थानीय समेत रहेका एमाले नेताहरु अरुण नेपाल र सरेश नेपाल क्रमशः माधव नेपाल र ओली पक्षमा छन् ।

केन्द्रीय नेताहरुलाई समेत सन्देश दिने गरेर एमाले र सूर्य चिन्ह जता रहन्छ सबै त्यही रहने निर्णय गरेको यसअघि ओली पक्षमा रहेका पुरुषोतम प्याकुरेलले बताए ।
पालिका स्तरीय भेलामा दुवै नेताहरुलाई बेलाउने नेताहरु बीचमा सहमति भएको अर्का स्थानीय नेता इश्वर तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला कमिटीमा अझै एकता नभएकाले पार्टी केन्द्रले सुरु गरेको संगगिठत सदस्य नवीकरण पालिका तहमा गर्ने र जिल्ला कमिटी आधिकारीक भएपछि पालिकामा नवीकरण गरेको संगठीत सदस्य जिल्ला कमिटीमा लैजाने अर्का स्थानीय एमाले नेता शिवप्रसाद न्यौपानेले जानकारी दिए ।

‘हामी हिजो जुन जुन पक्षमा भएपनि अब एमाले संस्थापन भएका छौ,त्यही सन्देश लिएर अब वडा तहसम्म जाने छौ र एमालेलाई एक ढिक्का बनाएर लैजाने छौ,’ एमाले नेता प्रेमलाल लामाले भने ।

अब एमाले नेताहलाई पार्टी एकजुट बनाएर लैजानका लागि तल्लो तहबाट नै दबाब दिनुपर्नेमा एमाले सुनकोशीका नेताहरुले जोड दिएका छन् ।


प्रतिक्रिया

4 thoughts on “केन्द्रलाई सन्देश दिनेगरि सिन्धुपाल्चोकमा सहमति, सुनकोशी गाउँपालिका एकतावद्ध एमाले र सूर्य चिन्हको पक्षमा

  1. राम्रो एवं नमुना य‍ोग्य काम,यस शुनकोशी को पार्टी एकता बाट सबै स्थानीय पार्टी कमिटी हरुले सिक्न जरुरी छ ।

  2. धेरै राम्राे सहमति भएछ खुसी लाग्याे यो सन्देश अरूमा पनि जाअो ।

  3. रै राम्राे सहमति भएछ खुसी लाग्याे यो सन्देश अरूमा पनि जाअो ।

  4. राम्राे निर्णय अब याे शन्देश देशैभर लैजानु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर