श्याम श्रेष्ठको टिप्पणी- धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी भताभुंग पारे हुन्छ – Nepal Press

श्याम श्रेष्ठको टिप्पणी- धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी भताभुंग पारे हुन्छ

काठमाडौं । सत्ता गठबन्धन पक्षधर वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले गल्ती गरेको बताएका छन् ।

श्रेष्ठले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउनुपर्ने भन्दै आयोग नै खारेज गर्नु गलत भएको बताएका हुन् । श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट सरकार मुक्त हुन आवश्यक रहेको बताएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘यो भूमिहीन, गरिब सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो । राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनुपर्छ । जनविरोधी देशघाती कुरामात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि उल्ट्याए भयो रानी पोखरी पनि भताभुंग पारे भयो ।’

सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग खारेज गरेको थियो ।


प्रतिक्रिया

2 thoughts on “श्याम श्रेष्ठको टिप्पणी- धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी भताभुंग पारे हुन्छ

  1. वास्तविक सुकुम्वासीको नाम नराखी आफ्ना आसेपासे रदलका कार्यकर्ता कोनाम राखेर जग्गावितरण गर्न लागेको रोकेको ठीकछ अव वास्तविक सुकुम्वासीलाइ समावेस गरिनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर